काठमाडौं, फागुन २५ :

राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेर देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । दोस्रो बनेको नेपाली कांग्रेसले १८ स्थान जितेको छ। नेकपा एमालेको भने ९ सिट हुने देखिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले ७ सिट जितेको छ । पाँचौँ स्थानमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी छ । उसले भोजपुर, खोटाङ र सुनसरी १ मा जित निकालेको छ।उता राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट एक सिट जितेको छ।

हालसम्म समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४५ लाख ९२ हजार ५५१ मत ल्याइसकेको छ। नेपाली कांग्रेसले १५ लाख ४२ हजार ५४१ मत ल्याउँदा नेकपा एमालेले १२ लाख ८५ हजार ,४७१ मत ल्याएको छ। नेपाल कम्युनिस्ट पार्टीले ६ लाख ९३ हजार १६१ मत ल्याएको छ।

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले ३ लाख २५ हजार ९० मत ल्याउँदा राप्रपाले ३ लाख ३ हजार २५६ मत ल्याएको छ। प्राप्त पछिल्लो मतलाई हेर्दा यी दलले राष्ट्रिय दल मान्यता पाउने देखिन्छ।