शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

हारजितको अनुमान र मत सर्वेक्षणको नतिजा सार्वजनिक नगर्न आयोगको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ फागुन, २०८२ मा प्रकाशित
हारजितको अनुमान र मत सर्वेक्षणको नतिजा सार्वजनिक नगर्न आयोगको आग्रह
काठमाडौं, फागुन ५ :

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन मतदाता शिक्षा एवम् निर्वाचन प्रचार प्रसारका लागि आयोगले मंगलबार काठमाडौंमा गरेको छलफलमा भण्डारीले निर्वाचन आचारसंहिता विपरीत मतदाताको स्वतन्त्र निर्णयलाई दिगभ्रमित तुल्याउनेगरी मतदान हुनुअघि नै हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए ।

अनुमानमा भरमा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खल्ल पुर्‍याउने काम भएकाले यस्तो नगर्न उहाले अनुरोध समेत गरे ।

उनले प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सिर्जना गरिएका दिगभ्रमित पार्ने स–सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन समेत आग्रह गरे । प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरूपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम हुने भण्डारीले बताए ।

उनले निर्वाचनको वातावरण बिग्रने गरी अनुमानित सर्वेक्षण नतिजा सम्प्रेषण नगरी संयम अपनाई चौथो अंगको जिम्मेवारी वहन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।प्रेस स्वतन्त्रताको उपभोग गरिरहँदा निर्वाचनको मर्यादा र मतदाताको गोप्य मत दिन पाउने अधिकारको रक्षा गर्नु सबैको साझा संवैधानिक कर्तव्य भएको उनले बताए। उनले फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल पार्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार