शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

विभेद भएको भन्दै वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेजको धर्ना

· सोमबार, १५ असोज, २०८१ मा प्रकाशित
विभेद भएको भन्दै वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेजको धर्ना
काठमाण्डौँ , असोज १५ :

आफूहरूमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेज (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । 

निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’ हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरूले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् । 

कार्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा एयरहोस्टेज आज बिहान १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिएका छन् । 

झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा कार्यालय प्रमुख सहितका कर्मचारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधी प्रदर्शन गरेको थिए । 

आफ्ना मागको सुनुवाइ नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीले बताउनुभयो ।

निगम व्यवस्थापनले भने एयरहोस्टेजको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ ।

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेद्भाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार