काठमाडौं, माघ २८ :

प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र समृद्धिको पहिलो शर्त भ्रष्टाचार नियन्त्रण भएको बताएकी छन् । ३५ औं अख्तियार स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले उनले अख्तियार सशक्त बन्दै गएको र सार्वजनिक स्रोत दुरुपयोग विरुद्ध सरकार निर्मम भएको उल्लेख गरिन्।

भ्रष्टाचार अपेक्षित नियन्त्रण हुन नसकेको भन्दै उनले भएका संयन्त्रबाटै सुधार हुनुपर्ने बताइन् । जेन–जी आन्दोलनपछि  बनेको सरकारले सुशासनका लागि गम्भीर भएर लागेको बताइन् । 

पछिल्लो समय राज्यका स्थापित संयन्त्रबाट भएका काम र सुधारले सुशासनतर्फ अघि बढ्न सहयोग पुगिरहेको जनाउँदै उनले आयोगलाई पनि संवैधानिक जिम्मेवारी पूरा गर्न आग्रह गरिन् ।