शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

प्रधानमन्त्री कार्की र ओलीबीच भेटवार्ता, निर्वाचन एकै चरणमा गर्न सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ माघ, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्की र ओलीबीच भेटवार्ता, निर्वाचन एकै चरणमा गर्न सुझाव
काठमाडौं, माघ २२ :

प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई जनाबीच करिब २ घण्टा कुराकानी भएको छ ।

विशेगगरी निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नुपर्ने गर्नेमा छलफल केन्द्रीत  भएको जनाइएको छ । त्यस अवसरमा अध्यक्ष ओलीले एकै चरणमा निर्वाचन गर्ने गरी अघि बढ्न सरकारलाई सुझाव दिएको निकटस्थ स्रोतले जनाएको छ । ।

निर्वाचनमा धाँधली गर्ने चलखेल हुँदै गरेको आशंका लागेपछि ओलीले प्रधानमन्त्रीलाई भेटेर जानकारी गराएका हुन् । वर्तमान गृहमन्त्री बालेन्द्र साह निकटका व्यक्ति हुन् भन्ने लागेपछि ओलीलाई निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनेमा केही दिन यता सार्वजनिक रुपमै आशंका व्यक्त गर्न थालेका छन् ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा गर्न पर्ने पक्षमा अडिक छन् । प्रधानमन्त्री कार्कीले हिमपातले अप्ठयारो पारेको खण्डमा ती क्षेत्रमा भने दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने स्थिति आउन सक्ने बताएकी थिइन् ।

प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली बिहान ९ बजे बालुवाटार पुगेका थिए । यसअघि प्रधानमन्त्री कार्की र ओलीबीच पुस २४ गते पनि भेटवार्ता भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार