
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा-५ मा कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । आफ्नै योग्य उम्मेदवार उठाएको हुँदा यसपटक एमाले अध्यक्ष ओलीलाई सहयोग नहुने बताए ।
पार्टी एक्लै चुनाव लड्ने भन्दै लिङ्देनले देशभर राप्रपाले विगतभन्दा राम्रो उपस्थिति जनाउने दाबी गरेका छन्। अध्यक्ष लिङ्देनले यो क्षेत्रमा आफ्नो पार्टीले योग्य उम्मेदवार उठाएको र त्यसका लागि तीन वर्षअघिदेखि नै तयारी चलेको समेत खुलाए।
विगतका प्रतिनिधिसभाको निर्वाचनमा एमाले र राप्रपाले झापा लगायतका केही क्षेत्रमा तालमेल गरेका थिए। राप्रपाले ओलीलाई झापा-५ मा सघाएको थियो भने एमालेले झापा-३ मा लिङ्देनलाई साथ दिएको थियो।
यसपटक झापा-५ मा काठमाडौँका पूर्व मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेवारीले ओलीमाथि चुनौती थपिएको विश्लेषण भइरहेको छ ।