शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रास्वपाका बालेनद्वारा पब्लिक डिबेट अस्वीकार, ओलीलाई दिए यस्तो जवाफ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ माघ, २०८२ मा प्रकाशित
रास्वपाका बालेनद्वारा पब्लिक डिबेट अस्वीकार, ओलीलाई दिए यस्तो जवाफ
काठमाडौं, माघ ११ :

राजनितिक दलहरुले भावी प्रधानन्त्रीहरुलाई एउटै मन्चमा राखेर डिबेट गर्नुपर्ने चर्चा निकै चलेको छ । यो चर्चा चलिरहँदा बालेनले भने त्यसलाई अस्वीकार गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू पब्लिक डिबेटका लागि तयार भएको बताएका थिए । उनले यसो भनिरहँदा प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले  आज बिहान सामाजिक संजालमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन्।

ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिन्छ ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’

यसपटकको निर्वाचनमा केही दलहरुले प्रधानमन्त्रीको उम्मेदवारको नाम अघि सारेर मैदानमा होमिएका छन् । पछिल्लो समय सामाजिक संजालमा पनि प्रभानमन्त्रीका उम्मेदवारहरु बीच भावी योजना र नितिका बिषयमा जनता माझ सार्वजनिक रुपमा राख्न  हुन जरुरी रहको बहस चलेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार