काठमाडौं, माघ ६ :
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।
उनले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका उनको सचिवालयले जनाएको छ ।
उनको निर्वाचन क्षेत्र डडेलधुरा हो । सो क्षेत्रबाट नै उनी निर्वाचन लड्दै आएका थिए ।
तर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको क्षेत्रमा टिकट होल्डमा राखिएको सभापति थापा निकट स्रोतले जनाएको छ । देउवा निर्वाचन लड्दै आएको डडेलधुरा र खड्का निर्वाचन लड्दै आएको सुर्खेत क्षेत्र नम्बर १ मा टिकट कसैलाई पनि दिईएको छैन् ।
दुवै नेताहरूसँगको परामर्शमा मङ्गलबार बिहानसम्म टिकटको टुङ्गो लगाउने सभापति थापा निकट स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको निर्वाचनका लागि मंगलबार बिहान १० बजेबाट उम्मेदवारी दर्ता हुदैछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान