
फाइल तस्बिर ।
सरकार र दुर्गा प्रसाईंबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा दुई पक्षबीच वार्ता भएको थियो।
छलफलमा दुर्गा प्रसाईंले आफूविरुद्ध लागेका सबै मुद्दा फिर्ता लिनुपर्ने अडान राखेका थिए । प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएकाले त्यस गम्भीर रुपमा छलफल हुन बाँकी रहेको छ । स्रोतका अनुसार प्रसाईंको मागका विषयमा मन्त्रिपरिषद्मा पनि छलफल हुनेछ । मन्त्रिपरिषद् बैठक लगत्तै सरकार र प्रसाईंबीच पुन: छलफल हुँदैछ ।
सरकारले उनका मागबारे अध्ययन गर्ने समझदारी गर्दै समाज भड्काउने अभिव्यक्ति नदिनेलगायतका विषयमा सम्झौता गर्ने तयारी भएको छ । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक प्रसाईंले सरकारलाई यसअघि नै विभिन्न २६ बुँदे माग बुझाइसकेको छ ।