शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

कांग्रेस आधिकारिकता विवादबारे निर्वाचन आयोगले निर्णय दिँदै

दुवै पक्षका नेता-कार्यकर्ता निर्णयको पर्खाइमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
कांग्रेस आधिकारिकता विवादबारे निर्वाचन आयोगले निर्णय दिँदै
काठमाडौं, माघ २ :

कांग्रेस विवादबारे निर्णय दिन निर्वाचन आयोग कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित आन्तरिक छलफलमा जुटेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा छन् ।

शेरबहादुर देउवा र गगन थापा पक्षका कांग्रेस प्रतिनिधिसँग आयोगले आजै छलफल गरेको थियो ।  आयोग आजै निर्णय दिने गरी छलफलमा जुटेको हो ।

कांग्रेसको महाधिवेशनबाट निर्वाचित गगन पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिए लगत्तै देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिइसकेका छन् । कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता निर्वाचन आयोगको निर्णयको पर्खाइमा आयोगको कार्यालय अगाडि बसेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार