काठमाडौं, पुस २९ :

नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनहरू पारित गरेको छ। समूहगत छलफलबाट आएका सुझावहरू समेटेर बन्दसत्रले महामन्त्रीद्वयको प्रतिवेदनहरू पारित गरेको हो।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा दुवै महामन्त्रीले सोमबार छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। ती प्रतिवेदनहरूमाथि समूहगत छलफल गरिएको थियो भने छलफलपछि टोली नेताहरूले निष्कर्ष प्रस्तुत गरेका थिए।

महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सांगठानिक अवस्थासम्बन्धी प्रतिवेदन पेश गरेका थिए।