नेपाली काँग्रेसको विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले आज वार्ता गर्ने भएको छ । तर वार्ता स्थल र समय भने खुलाईएको छैन् ।
वार्ताका लागि कांग्रेसले संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी दिएको छ ।
विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल,गुरुराज घिमिरे,मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुँदैछन् ।
सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका बेला प्रतिनिधिको हस्ताक्षर संख्या बढेपछि सभापति देउवा दबाबमा परेका छन् । आजको बन्द सत्रपछि नेतृत्व छाड्न समेत नैतिकरुपमा पनि दबाब हुने देखिन्छ । विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाएका थिए र तर उनी भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएनन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान