शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण
काठमाडौं, पुस २५ :

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् ।  

सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे । साथै उनले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका–४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय गरे।

मन्त्री चौलागाईंले  निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यतासम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णयमा पनि हस्ताक्षर गरे । तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सो मन्त्रालयको जिम्मेवारी वनमन्त्री चौलागाईंलाई तोकेकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार