नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समय अभावको कारण निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्न नसकिएको बताएका छन् ।
ज आफू पक्षका नेताहरूसँगको छलफलको क्रममा उनले सो कुरा बताएका हुन् । आफू महाधिवेशन पछि सार्ने पक्षमा नभए पनि समय अभावका कारण निर्वाचनअघि महाधिवेशन गर्ने सम्भव नदेखेको उनको भनाइ थियो ।
वैशाखमा महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हिजो प्रस्तुत गरेको प्रस्तावको बचाउ गर्दै यस्तो बताएका हुन् ।
कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्था बारेमा काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् ।
विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएका विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
साथै आगामी आमनिर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषय, हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवालगायत विषयमा छलफल भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान