शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिक तर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आयोगको आग्रह

आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ ।
· शनिबार, १२ पुस, २०८२ मा प्रकाशित
आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिक तर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आयोगको आग्रह
काठमाडौं, पुस १२ :

निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिक तर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै रीतपूर्वक बन्दसूची पेश गर्न आग्रह गरिएको जानकारी गराएका हुन् ।

आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ ।

जसअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८,प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली,२०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका,२०८२ को दफा १३ ले तोके बमोजिमको विधि,प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्‍याएर उम्मेदवारको बन्दसूची तयार पार्न आयोगले आग्रह गरेको हो ।

विज्ञप्तिमा आयोगले भनेको छ,‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली,२०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्‍याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्नुहुन अनुरोध गरिन्छ ।'

साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र तोकिएको समय सीमाको पालना गर्न सबै सम्बन्धित पक्षलाई आयोगले अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार