काठमाडौं, पुस ११ :

परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आज दिउँसो राष्ट्रपति भवन सितलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट  पदमा पद तथा गोपनीयताको शपथ लिए। 

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाका पूर्वरथी शर्मालाई परराष्ट्रमन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेकी हुन्। शर्मा थपिएसँगै प्रधानमन्त्री  सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् पाँचौं पटक विस्तार भएको छ, भने मन्त्रिपरिषद्को संख्या पनि १५ पुगेको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो ।

शर्मा सेना समायोजन विशेष समिति सचिवालयका संयोजक रहँदै माओवादी लडाकु समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारीसमेत पाएका थिए। 

यस्तो छ मन्त्रीको सूची:

१. सुशीला कार्की प्रधानमन्त्री (रक्षा र खानेपानी मन्त्रालयको पनि जिम्मेवारी)

२. रामेश्वर खनाल, अर्थ; संघीय मामिला तथा सामान्य प्रशासन

३. कुलमान घिसिङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास

४. ओमप्रकाश अर्याल, गृह

५. अनिलकुमार सिन्हा, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; संस्कृति, र्यटन तथा नागरिक उड्डयन

६. महावीर पुन, शिक्षा, विज्ञान तथा प्रविधि

७. मदन परियार, कृषि तथा पशुपन्छी विकास

८. जगदीश खरेल, सञ्चार तथा सूचना प्रविधि,

९. सुधा गौतम, स्वास्थ्य तथा जनसंख्या

१०. बब्लु गुप्‍ता, युवा तथा खेलकुद

११. कुमार इङ्नाम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१२. राजेन्द्रसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१३. माधव चौलागाईं, वन तथा वातावरण

१४. श्रद्धा श्रेष्‍ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. बालानन्द शर्मा, परराष्ट्र मन्त्री