शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
राजनीति

‘राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलम बनाउन खोजे’

जेनजीहरुले सरकार छाड भनेर दबाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० पुस, २०८२ मा प्रकाशित
‘राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलम बनाउन खोजे’
फाइल तस्बिर ।
काठमाडौं, पुस १० :

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित सातौँ बाह्रखरी कथा प्रतियोगिता विजेता घोषणा समारोहमा प्रधानमन्त्री कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा रहेको र सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासो गरिन् । विभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दबाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनले बताइन् । उनले मुलुकमा अहिलेकै अवस्था रहिरहे आगामी दिन सहज नहुने भएकाले निर्वाचनमार्फत निकास दिन जरुरी रहेको उल्लेख गरिन् ।

डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकालले समाजलाई परिवर्तन गर्न सरोकारवालाबीच सहकार्य हुनुपर्ने भन्दै आफुहरुको निरन्तर सहयोग हुने प्रतिद्धबता जनाए । साहित्यका माध्यमबाट समाजको यथार्थ चित्रण हुने भएकाले साहित्य क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको उहाको भनाइ छ ।

कार्यक्रममा प्रतियोगितामा प्रथम भएको एक मान्ठ एक देउता शीर्षकको कथाका कथाकार शिवराज शाहीलाई नगद दुई लाख रुपैयाँ पुरस्कारसहितको पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित भुइँकुहिरोको बीचमा शीर्षकको कथा द्वितीय भएको छ भने इन्द्रप्रसाद गोतामे (जगतजंग)द्वारा लिखित अधुरो प्रतिलिपि शीर्षकको कथा तृतीय भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार