काठमाडौं, पुस १० :
प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
यस अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
“विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
यस पावन अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु”, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान