एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली क्षेत्रका चार अखडाका ढोका साँघुरा हुँदा गाई पाल्ने परम्परा नै लोप हुने अवस्था सृजना भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यस क्षेत्रका सम्पदाको पुनर्निर्माण अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गरेको हो । बनेका यस क्षेत्रका सम्पदास्थलका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको हो ।
अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरले गरेको इञ्जिनीयरिङअनुसार पुनर्निर्माण भएका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको श्रीराम मन्दिर वैरागी अखडा थापाथलीका महन्त रामस्वरुप वैष्णवदासले राससलाई जानकारी दिए ।
भूकम्पअघि थापाथली क्षेत्रका चार अखडामा गरी १५० वटा गाई पालिन्थ्यो । भूकम्पपछि बनेका गौशालाका ढोका साँघुरा हुँदा गाई पाल्ने हिसाबले मात्र प्रत्येक अखडामा एक, दुई गाई पालिएको छ । यी गौशालामा गाई पाल्न धेरै अप्ठ्यारो परेको गौसेवकको गुनासो छ । समितिका इञ्जिनीयरले ध्यान दिन नसक्दा यस्तो समस्या आएको काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार बताउछन्।
थापाथली क्षेत्रमा वैरागी अखडासँगै उदासी, सन्न्यासी र गोरखनाथ अखडा पनि छन् । प्रधानमन्त्री जङगबहादुर राणाले बेलायतबाट फर्केपछि थापाथलीमा चार अखडामा विभाजन भएका उनले सुनाए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान