शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

‘एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला नक्कली आवरणको पार्टी होइन’

पार्टीमाथि आँच पुग्ने कुरा नगर्नू
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
‘एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला नक्कली आवरणको पार्टी होइन’
काठमाडौं, पुस ४ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसँगै पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल वा गुटउपगुटका विषय अन्त्य भईसकेको भन्दै सबैलाई समेटेर पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका हुन्।

उनले पार्टीभित्रका असन्तुष्टि पार्टीका बैठकमा राख्न निर्देशन दिँदै सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देश समेत गरे।

अध्यक्ष ओलीले पार्टी अध्यक्षबिरुद्ध पटक पटक हमला हुने गरेको भन्दै नेतृत्वप्रति अनास्था जगाउनका लागि पार्टी एकतामा खलल पुर्‍याउन उचाल्नेहरु कुराहरुमा प्रभावित नहुने आग्रह गरे । उनले एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला नक्कली आवरणको पार्टी नभएको भन्दै साँचो कम्युनिष्ट पार्टी भएको बताए ।

देश अप्ठेरो अवस्थामा परेका बेला एमाले बाहेक अन्य कुनै दल बोल्न नसकेको उनको भनाइ छ । उनले जेनजी आन्दोलनका क्रममा सुनियोजित रुपमा भयानक षडयन्त्र भएको र देशलाई नै शताव्दी पर ढकेल्ने काम भएको बताए ।

ओलीले देशमा लोकतन्त्र फर्काउने कामको नेतृत्व एमालेले गर्नुपर्ने बताए । केन्द्रीय कमिटीको प्रथम पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पुस २६, २७ र २८ गते बस्ने एमालेले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार