काठमाडौं, पुस ३ :
एमाले उप महासचिवमा लेखराज भट्ट र योगेश भट्टराईले प्रारम्भिक चरणमा अग्रता लिएका छन् ।
सबैभन्दा बढी १४७ मत लेखराजले पाउँदा योगेशले १४० मत प्राप्त गरेका छन् । तेस्रोमा रघुवीर महासेठ १२६ मत पाएका छन् । उपमहासचिवमा ३ जनाको कोटा छ ।
यस्तै आनन्द पोखरेलले ७१ मत पाउँदा रघुवीर महासेठले १२६, राजेन्द्र प्रसाद गौतमले २६ र वैजनाथ चौधरीले ५४ मत पाएका छन् ।
सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् । १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ नवौं स्थानमा छन् । ९ सचिवका लागि जम्मा २० जना मैदानमा छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान