नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान आज बिहान ७ बजे सकिएको छ ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हिजो सवा ९ बजे भृकुटीमण्डपमा सुरु भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको हो । मतदानमा ९८.४ प्रतिशत मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
अब मत गणना सुरू हुन कम्तीमा १० बज्ने बताइएको छ । २ हजार २ सय ६३ प्रतिनिधिमा २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदानको सुरुवात गरेका थिए । नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको ११ औं महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो ।
अहिले मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्ने काम सुरु गर्न लागिएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । मतगणना भएको तीन घण्टाभित्र परिमाण आउने पनि उनले बताए ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान