बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

विश्व पर्यटन दिवसका अवसरमा पोखरामा भोलि मिनी सडक महोत्सव हुने 

· बिहीबार, ११ असोज, २०८१ मा प्रकाशित
विश्व पर्यटन दिवसका अवसरमा पोखरामा भोलि मिनी सडक महोत्सव हुने 
कास्की, असोज ११ :

नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको हुने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराही चोकसम्म एकदिने सडक महोत्सव गर्न लागेको हो । 

महोत्सवमा बाजा गाजा सहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने महोत्सवका संयोजक समेत रहनुभएका रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिनुभयो ।

 ‘सडक मै खाउँ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उहाँले बताउनुभयो । 

रेवानका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ विभिन्न जातीय संस्कृति, भेषभुषा, सांस्कृतिक नृत्य, पर्यटकीय ठाउँहरूको दृश्यावलोकन वृत्तचित्र तथा स्वदेशी र विदेशी खानाका परिकार प्रस्तुत गरिने बताउनुभयो । 

यसैगरी विश्व पर्यटन दिवसका सन्दर्भमा पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार