नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ ।
महासचिवका उम्मेदवार शंकर पोख्रेल र सुरेन्द्र पाण्डेले पनि मतदान गरे । उनीहरुलाई पनि त्यतिनै समय लागेको बताईएको छ । केही प्रतिनिधिले भने २५ मिनेटमा नै मतदान गरेका छन् ।
एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान भईरहेको छ ।
ओली र पोख्रेलले मतदानको सुरुवात गरेका थिए।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज ई–भोटिङ मेसिनको प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिहरु भोट खसाल्न लाइनमा बसेका छन् । उम्मेदवारहरु भने भोट माग्न व्यस्त छन् ।
नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान