शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

मकवानपुरमा ट्याक्टर दुर्घटना : तीनजनाको मृत्यु, १९ घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
मकवानपुरमा ट्याक्टर दुर्घटना : तीनजनाको मृत्यु, १९ घाइते
काठमाडौं, पुस १ :

मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अधेरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने  १९ जना घाइते भएका छन्। 

मङ्गलबार दिउँसो लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  बकैया गाउँपालिका ७ अधेरीका अन्दाजी ५५ वर्षीय केशव माझी, युवराज माझी र  ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा पर्ने निजगढ-मकवानपुर-काठमाडौँ द्रुतमार्गमा काम गर्ने निर्माण श्रमिक हुन्। उनीहरु खाना खाएर कामका लागि जाने क्रममा ट्याक्टर दुर्घटना भएको जनाइएको छ। घाइतेको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार