शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

ओली टिमको उम्मेदवार सूची सार्वजनिक, को–को परे?

महासचिव पदमा शंकर पोखरेल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
ओली टिमको उम्मेदवार सूची सार्वजनिक, को–को परे?
काठमाडौं, मंसिर २९ :

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षले नेतृत्व टिमको उम्मेदवारको सूची टुंगो लगाएको छ। अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्।

उपाध्यक्ष पदका लागि पाँच जनालाई उम्मेदवार बनाइएको छ। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली रहेका छन्। महासचिव पदमा शंकर पोखरेल दोहोरिएका छन्। त्यसैगरी, उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल उम्मेदवार बनेका छन्।

सचिव पदका लागि लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार रहेका छन्। एमाले महाधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ। ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार