शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार खेलकुद क्रिकेट

एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

आज भएको फाइनल खेलमा सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ मंसिर, २०८२ मा प्रकाशित
एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई
काठमाडौं, मंसिर २७ :

नेपाल प्रिमियर लिग (एनीएल)मा लुम्बिनी लायन्सले उपाधि जितेको छ ।

आज भएको  फाइनल खेलमा सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उजाधि हात पारेको हो । ६६ बल बाकी छदै सुदुरले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले पुरा गरेको हो ।  

सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दा कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि उनको टोली १९.१ ओभरमा ८५ रनमा अलआउट भयो। यो सिजनको सबैभन्दा कम स्कोर हो र सुदूरपश्चिमले एनपीएलको इतिहासमा पहिलो पटक १०० रन कटाउन सकेन।

लुम्बिनीको शानदार सुरुआतमा दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि २७ रन जोडियो। उनले १३ बलमा ४२ रन बनाउँदै तुफानी शुरुआत दिएका थिए। डी’आरसी शटले ४ ओभरमै ५८ रन जोडेर लुम्बिनीलाई बलियो स्थिति दिलाए। शट १३ बलमा १४ रन बनाउँदै आउट भए, भने हेमन्त धामीले दिनेश र शटलाई क्रमशः आउट गरे।

लुम्बिनीले ८५ रनको लक्ष्य ९ ओभरमै पूरा गर्दै फाइनल जितेको हो। कप्तान रोहित पौडेल १२ बलमा १६ रन बनाउँदै आउट भए। निरोशान डिकवेला ११ रन बनाएर अविजित रहन सफल भए, भने सन्दीप जोरा शून्यमा आउट भए।

यस जितसँगै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ। सुदूरपश्चिमले यस अघि लिग च्यालेन्जमा लगातार ६ खेल जितेको थियो, तर अन्ततः ७ औं खेलमा विराटनगरसँग पराजित भएको थियो।

लुम्बिनीले यस सिजनको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको थियो। इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै क्वालिफायर २ मा विराटनगरलाई हराएर फाइनल पुग्ने यात्रा तय गरेको थियो। यस जितसँगै लुम्बिनीले आफ्नो पहिलो एनपीएल उपाधि जितेको छ र सुदूरपश्चिमलाई दोस्रो वर्ष पनि फाइनलमा पराजित गर्यो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार