शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

जाँचबुझ आयोगको सिफारिसमा पर्नेलाई कारबाही गर्छौं : गृहमन्त्री अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ मंसिर, २०८२ मा प्रकाशित
जाँचबुझ आयोगको सिफारिसमा पर्नेलाई कारबाही गर्छौं : गृहमन्त्री अर्याल
काठमाडौं, मंसिर २३ :

गत भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवार लगाएत युवाहरुले दीप प्रज्वलन गरेका हुन् । 

दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी थिए ।

दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा दमन गर्नेहरुमाथि कारवाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए । नेपालको राज्यप्रणालीका साथै दोषीलाई अन्तराष्ट्रिय रुपमा घेराबन्दी गर्ने उनले बताए ।

गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे।

उनले जनेजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचारबिरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमिता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे । पर्दा पछाडी बसेर राज्य र नेताहरुलाई समेत चाउने तत्वहरु पहिचान भइसकेको उनले बताए ।

गृहमन्त्री अर्यालले जेनजी म्याण्डेड अनुसार सरकार अघि बढेको भन्दै जेनजी सहिद र घाइतेहरुको पक्षमा सरकारले काम गर्ने धारणा राखे ।

सरकारले जेनजी आन्दोलनका ४५ जना सहीदहरुलाई जेनजी सुशासन योद्धाका रुपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ भने जिल्लास्तरीय सहिद सूचीमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार