नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई जिल्लामा न्यूनतम तापक्रम ‘माइनस’मा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको छ ।
विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस पाँच दशमलव दुई डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव एकमा झरेको छ । जाडोयाम लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले मङ्गलबार र सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस दुईदेखि तीनसम्म रहेकामा आज तापक्रम घटेर माइनस पाँच दशमलव दुईमा पुगेको बताए ।
पछिल्लो एक÷दुई दिनमा राति बादल लागेकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घामलाग्दा न्यानो महसुस हुने गरेको छ । आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको थियो ।
“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । उपत्यका र तराईमा वायु प्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भने, “जनवरीमा तापक्रम थप घट्दै जानेछ, हाल बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ । अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दैछ । त्यसले पनि असर गरिरहेको छ ।”
विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम आठ दशमलव पाँच रहेको छ । नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ । पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ । यस्तै, ताप्लेजुङमा न्यूनतम तापक्रम नौ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस पाँच दशमलव दुई डिग्री रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान