अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्व निर्देशक भण्डारीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई पक्राउ गरेर विशेष अदालतमा उपस्थित गराएको बताईएको छ । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा उनीहरुले अनियमितता गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।
दुवै जनालाई अहिले बबरमहलस्थित विशेष अदालतमा उपस्थित गराइएको हो । उनीहरु विरुद्ध आज अभियोग पत्र दायर गरिने अख्तियार स्रोतले जनाएको छ ।
गत कात्तिक ३ गते अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेकव थियो । आक्रमणको आरोपमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घर भएका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।
यो मुद्दामा ७ जनालाई प्रतिवादी बनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान