शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

एनपीएलमा पोखराका म्याथ्यू रोसिङ्टनको शतक

· मंगलबार, १६ मंसिर, २०८२ मा प्रकाशित
एनपीएलमा पोखराका म्याथ्यू रोसिङ्टनको शतक
काठमाडौं, मंसिर १६ :

 नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गरेका छन् । मङ्गलबार कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दै उनले शतक पूरा गरेका हुन्।

टस जितेर कर्णालीले पहिला बलिङ गरेपछि पोखराका लागि ओपनिङमा ब्याटिङ गर्न आएका रोसिङ्टनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १०१ रन  प्रहार गरे ।

यसअघि कर्णालीका विदेशी खेलाडी मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक हिर्काएका थिए । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेल्दै वाटले ४१ बलमै शतक पूरा गरेका थिए ।

प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार