शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

हस्तान्तरण र पुस्तान्तरण भनिरहनुपर्ने विषय होइन : ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
हस्तान्तरण र पुस्तान्तरण भनिरहनुपर्ने विषय होइन : ओली
ललितपुर, मंसिर १४ :

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय अनुसार पार्टीमा हस्तान्तरण र पुस्तान्तरण हुने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । उनले अधिवेशन हुँदा केही हट्ने र केही नयाँ थपिने हुँदा हस्तान्तरण र पुस्तान्तरण भनिरहनुपर्ने विषय नभएको बताए

अधिवेशन पनि सोही कारण गर्नपर्ने भन्दै ओलीले एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न कसैलाई नरोक्ने  बताए । उनले त्यसो भनिरहँदा  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नजिकै बसेका थिए । यस पटकको महाधिवेशनमा अध्यक्ष पदमा पोखरेलले उठ्ने घोषणा गरिसकेका छन् । तर शनिबार भएको महाधिवेशन प्रतिनिधि छनोटको नतिजाले ओलीलाई बलियो देखाएका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार