सुर्खेतको वीरेन्द्रनगरमा गए राति भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको ज्यान गएपछि आज बिहानैदेखि स्थानीय क्षेत्र तनावपूर्ण बनेको छ।
घटना शंकास्पद भएको भन्दै छानबिन कडा माग गरेका छन् । मुलपानी चोक,एरिचोक लगायतका स्थानमा प्रदर्शनकारीले टायर बालेर आवागमन अवरुद्ध गरेको छ । आचार्यका आफन्तले घटनास्थलमै गम्भीर त्रुटि भएको शंका गरेका छन्। प्रहरीले रातारात प्रमाण नष्ट गर्ने गरी काम गरेको,मुचुल्का नउठाई पानी खन्याएको जस्ता आरोप आफन्तले लगाएका छन् । यही कारण आज बिहानदेखि उनीहरूले सडकमै उत्रिएर आवाज उठाएका हुन्।
गएराती वीरेन्द्रनगर–२ को वडा कार्यालय अगाडिको सडकमा दुर्घटना भएको भएको हो । मुलपानीबाट भुरेली जाँदै गरेको यामबहादुर शाहीले चलाएको मोटरसाइकल र पत्रकार आचार्य चढेको स्कुटर एक–आपसमा ठोक्किँदा आचार्य गम्भीर घाइते भएका थिए।
अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले गम्भीर घाइतेलाई तुरुन्त उपचारमा पठाइएको तर अहिले उल्टै आरोप लगाइएको बताएका छन् ।
मृतक आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर थिए । उनी प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे