आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
राजनीति

काँग्रेस केन्द्रीय समितिको बैठक , महधिवेशनको मितिबारे होला सहमति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ मंसिर, २०८२ मा प्रकाशित
काँग्रेस केन्द्रीय समितिको बैठक , महधिवेशनको मितिबारे होला सहमति ?
काठमाडौं, मंसिर ४ :

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

गत असोज २८ गतेबाट शुरु भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक  निष्कर्षमा पुग्न नसक्दा पटक पटक बस्दै स्थगित हुँदै आएको छ  । बैठक महाधिवेशन कहिले गर्ने भन्ने बिषयमा नै केन्द्रित छ । महाधिवेशनको मिति तोक्ने बिषयमा विवाद भएपछि यस विषयमा थप छलफल गरी निष्कर्षमा पुग्न बैठक एक हप्ता पर सारिएको थियो ।  अनौपचारिक रूपमा छलफलहरू भएपनि मिल्न सकेको अवस्था छैन ।

त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबारको बैठक  रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए ।  अनौपचारिक छलफलमा कुरा  नमिलेपछि सोमवार दिउँसो २ बजे सम्मका लागि बैठक सारियो ।

कार्यवाहक सभापति पुर्ण बहादुर खड्काले गरेका प्रयास सोमवारसम्म पनि सफल हुन नसके पछि  बैठक आजका लागि सारिएको थियो ।

अहिलेसम्म विवाद मिल्न सकेको छैन् ।  पार्टीभित्रका दुवै पक्ष आ–आफ्नो अडानमा छन् । महामन्त्रीहरूले निर्वाचन अगाडि महाधिवेशन हुनुपर्छ भनेका छन् भने संस्थापन पक्ष  अहिले निर्वाचनको तयारीमा पार्टी लाग्ने र निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छ ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । दुई कार्यतालिका पेश भएपछि महाधिवेशनको मिति तोक्ने बिषयमा विवाद हुदै आएको छ ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार