शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

· आइतबार, ७ असोज, २०८१ मा प्रकाशित
काठमाण्डौँ , असोज ७ :

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको उहाँको सचिवालयले जनाएको छ ।

महासङ्घका अध्यक्ष भेषराज लोहनीले कार्यवाहक प्रधानमन्त्री सिंह समक्ष निजी क्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्दै शहरी विकास ऐनमा सो विषय समेट्न आग्रह गर्नुभयो । 

त्यस अवसरमा कार्यवहाक प्रधानमन्त्री सिंहले व्यवस्थित शहर विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । 

उहाँले शहरलाई व्यवस्थित गर्दै अपार्टमेन्ट, हाउजिङको अवधारणामा काम गर्नुपर्नेमा जोड दिनुभयो। हालसम्म ल्याण्ड पुलिङ गरी जग्गा तथा आवास विकासको काम सरकारले मात्रै गर्दै आएको छ । 

महासङ्घले ‘ल्यान्ड पुलिङ’, ‘हाउस पुलिङ’ मा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, अपार्टमेन्ट खरिद गर्न विदेशीलाई २० प्रतिशतसम्म बिक्री गर्न मिल्ने व्यवस्था गर्नुपर्ने र अपार्टमेन्ट भित्रको जग्गा अपार्टमेन्ट बिक्रीपछि डेभलपरका नाममा राख्न नमिल्ने गरी ऐनमा प्रबन्ध गर्न माग गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार