बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

हुम्लाको चंखेलीमा जिप दुर्घटना, १२ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ असोज, २०८२ मा प्रकाशित
हुम्लाको चंखेलीमा जिप दुर्घटना, १२ जना घाइते
हुम्ला, असोज २४ :

हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका हुन् ।

११ बजे चंखेली गाउँपालिका-६ मेल्छामबाट सुर्खेत जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मेल्छाम प्रहरी चौकीबाट ५ जनाको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए। 

दुर्घटनामा परी घाइते हुनेहरूमा चंखेली गाउँपालिका-६ का १४ की बिमला बुढा, २८ वर्षिय मनवीर बुढा,वर्ष २६ का पार्वती  सिरन, २४ हंश लामा, २८ का कैलाश सिरा, १९ का बहदुर लामा, सिमकोट गाउँपालिका-८ का महेन्द्र रोकाया रहेका छन् । घाइतेहरूको उद्धारका गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको डीएसपी पोखरेलले बताए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार