चितवन, असोज १४ :

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइनखोला पुल नजिक खसेको पहिरो पन्छाइएको छ। मंगलबार साँझ साढे ७ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाएर राति ८:३० बजेदेखि सडकमा पुनः सवारी आवागमन सुरु गरिएको हो।

पहिरो खसेको जानकारी प्राप्त भएपछि सडक डिभिजन भरतपुरको प्राविधिक टोली तत्कालै डोजर र अन्य उपकरणसहित घटनास्थलमा खटिएको थियो। लगातारको वर्षाका कारण पहिरो पन्छाउन केही समय लागेको बताइएको छ।

तुइनखोलामा फेरि पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सडक सञ्चालनमा आए पनि यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र मौसमको अवस्था हेरि मात्र सडक प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
तुइनखोलाको पहिरोका कारण केही दिन यता नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध भएको छ।