शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

प्रचण्डको प्रस्ताव- सबै कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरौं

महाधिवेशन आयोजक समिति बनाइने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ असोज, २०८२ मा प्रकाशित
प्रचण्डको प्रस्ताव- सबै कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरौं
काठमाडौं, असोज ५ :

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संगठनात्मक संरचनाहरू भंग गरेर मंसिरमै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव गरेका छन्।

उनले केन्द्रीय पदाधिकारी बैठकमा पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका सबै कमिटीहरू भंग गरेर नयाँ सांगठनिक संरचना निर्माण गर्नुपर्ने धारणा राखेका छन्।  पार्टीभित्र विभिन्न गुटगत असहमति र सांगठनिक जटिलता देखिएको अवस्थामा अध्यक्ष दाहालले यस्तो प्रस्ताव ल्याएका हुन्।

दाहालले केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन्। साथै, महाधिवेशनबाटै लोकतान्त्रिक तरिकाले नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरेका छन्।

उनले भनेका छन्, ‘अब घोषित निर्वाचनमा होमिनुको विकल्प छैन, त्यसैले निर्वाचनको तयारीमा लाग्नुपर्छ।’ दाहालको भनाइमा अबको मार्ग भनेको निर्वाचन नै हो र पार्टी खुला लोकतान्त्रिक प्रक्रिया मार्फत अघि बढ्नुपर्ने छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार