शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

म्यानमारमा यागीका कारण ज्यान गुमाउनेको संख्या २ सय २६ पुग्यो

· बुधबार, ३ असोज, २०८१ मा प्रकाशित
म्यानमारमा यागीका कारण ज्यान गुमाउनेको संख्या २ सय २६ पुग्यो
काठमाण्डौं, असोज ३ :

म्यानमारमा यागी आँधीका कारण ज्यान गुमाउनेको संख्या २ सय २६ पुगेको छ । झण्डै ८० जना अझै बेपत्ता रहेको त्यहाको सैनिक सरकारले जनाएको छ ।

सेप्टेम्बरको सुरुमा उत्तरी भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा आएको आँधीले यस क्षेत्रमा अहिलेसम्म ५ सय भन्दा बढी मानिसको ज्यान लिइसकेको समाचार छ । 
आँधी पछि म्यानमारमा ठूलो बाढी र पहिरो गएको छ । धेरै गाउँहरू ध्वस्त भएका छन् ।

लाखौं एकड बाली नष्ट भएपछि संयुक्त राष्ट्रसंघले ५० लाखभन्दा बढी मानिसलाई खाद्यान्नका साथै पिउने पानी, बास र लत्ताकपडाको तत्काल आवश्यकता रहेको जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार