शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बालेनले हर्कलाई भने- तिमीले जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ भदौ, २०८२ मा प्रकाशित
बालेनले हर्कलाई भने- तिमीले जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन
काठमाडौं, भदौ ३१ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् ।

हर्कले सामाजिक सञ्जालबाटै आक्रोश पोख्दै बालेनप्रतिकडा टिप्पणी गर्दै आएपछि बालेनले उनलाई फकाउने प्रयास गरेका हुन् । यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए । उनले फेसबुकमै भनेका थिए, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ लिडर भनिँदैन !’

बालेनले  आफूलाई जति गाली गरेपनि हर्कलाई माया गर्न नछाड्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ साम्पाङ प्रधानमन्त्रीमा दाबी गर्दै काठमाडौँ आएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार