काठमाडौं, भदौ २४ :

जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सबैभन्दा बढी मृत्यु भएको नयाँ बानेश्वर क्षेत्रलाई अहिले प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएका छन् । 

त्यहाँ प्रहरीले अन्धाधुन्द गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो । रगतले लत्पतिएको त्यही ठाउँमा बसेर प्रदर्शनकारीले सडकमा आगो बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरीलाई समेत चोकबाट लेखेटेका छन् । प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भइरहेको छ । कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ ।