शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रास्वपाको आगमन नै अरुका लागि समस्या: सभापति लामिछाने

· मंगलबार, २ असोज, २०८१ मा प्रकाशित
rabi-lamichhane-raswapa
काठमाण्डौं, असोज २ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले जन्मेदेखि नै कुनै न कुनै समस्या झेल्दै आएको बताएका छन् ।

काठमाडौँमा आजबाट  सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाहरु आईपरेको बताएका हुन् । 

रास्वपा अब सकियो भने टिप्पणीहरु आउने गरेको बताउदै रास्वपा सकिएको होईन अब अरुलाई सक्काउने उनको भनाई थियो । 
रास्वपाको आगमन नै अरुका लागि समस्या भएको उनले बताए ।

उनले आफुहरु ठुलो लडाईकै लागि आएको बताउदै रास्वपामाथिको आक्रमण पनि ठुलै हुने गरेको सभापति लामिछानेको भनाई छ ।मुलुकमा कुनै ठुलो विपत्ति आउन लाग्यो भनेर नै दुई ठूला दल मिलेर सरकार बनाउनु परेको समेत उनले बताएका छन् ।  

लडाई बल्ल सुरु भएको हो, हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिदैन, सभापति लामिछानेले भने, हामीले गर्ने  विद्रोह शान्त हुन्छ  ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार