शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ भदौ, २०८२ मा प्रकाशित
आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल
काठमाडौं, भदौ १९ :

राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन्।

रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण तथा जीवनशैलीकारुपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रुपान्तरण गर्नुपर्ने बताए ।

आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आ–आफनो ठाउँबाट क्रियाशील हुनुपर्ने राष्ट्रपति पौडेलले बताए ।

लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले   व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्वाध निर्वाह गर्न पाउने बताए ।

उनले भने, ‘लोकतन्त्र र पत्रकारिताको यो अन्योन्याश्रित सम्बन्धको यही विशेषताले लोकतन्त्र तथा पत्रकारितालाई मजबुत बनाउँदै देशको आर्थिक विकास, सामाजिक रुपान्तरण र आम नागरिकको दैनिकी सहज बनाउन राजनीति र पत्रकारिता क्षेत्र समर्पित हुनुपर्दछ ।’

राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रुपमा चिनेको उल्लेख गर्र्दै उहाँ निर्भिक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति भएको बताए । राजेश्वर नेपालीले निरङ्कुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरी एउटा कवि र कलमजीवीकारुपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शका लागि प्रेस र प्रजातन्त्र सेनानीका रुपमा आफूलाई उभ्याउन कहिँकतै नचुकेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार