शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने

नयाँ सभापतिका लागि भोलि निर्वाचन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने
काठमाडौं, भदौ १० :

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको  पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित थिए ।

नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार