शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

दार्चुलामा चट्याङ लागेर तीनजना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ भदौ, २०८२ मा प्रकाशित
दार्चुलामा चट्याङ लागेर तीनजना घाइते
दार्चुला, भदौ ७ :

दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । 

शुक्रबार राति  चट्याङ पर्दा शैल्यशिखर नगरपालिका‐३, लुइटाका २४ वर्षीय बिमला लावड, चार वर्षीय रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

जोलजिवीका मनीराम टमटाको घरको आगनमा चट्याङ पर्दा भित्र कोठामा रहेका उनीहरूलाई समेत चट्याङको छिटा परेको बताइएको छ ।

उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । घाइते रिया र दिपेश बिमलाका छोरा छोरी हुन् । बिमला माइती घरमा आएको बेला चट्याङ लागेको बताइएको छ । चट्याङ लागरे उक्त घरको गोठमा रहेको एक गोरु समेत मरेको प्रहरी निरिक्षक रावतले जानकारी दिए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार