
काठमाडौं, साउन ३० :
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक सम्पन्न भएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहनदत्त भट्ट, अर्थ मन्त्रालयका उपसचिव तीर्थराज बराल तथा मन्त्रालयका सहसचिवहरू र अन्तर्गतका विभिन्न निकायका प्रमुखहरू सहभागी थिए ।