शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति भिडियो

अदालतले नमाग्दै रविले किन २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाए?

५५ करोड ५९ लाख रुपैयाँ बिगोलाई आफूसहित २२ भाग लगाए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
अदालतले नमाग्दै रविले किन २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाए?
रुपन्देही, साउन २२ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहे पनि आफ्नो भागमा पर्न सक्ने धरौटी रकम बैंक ग्यारेन्टीसहित बुझाएर रिहा हुन रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्। उनको निवेदनमा अदालतले कारबाही अघि बढाइसकेको छ।

अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेस गर्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७१ अनुसार धरौटीमा रिहा हुन माग गरेका हुन्।

उनी सुप्रिम सहकारीको ५५ करोड ५९ लाख रुपैयाँ बिगोसम्बन्धी मुद्दामा २२ जना प्रतिवादीमध्ये एक हुन्। सो बिगो २२ भाग लगाउँदा आफ्नो भाग बराबरको धरौटी पेस गरिएको उनले उल्लेख गरेका छन्।

यसअघि रूपन्देही जिल्ला अदालतले माघ १३ गते उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ मा उक्त आदेश उल्ट्याउँदै उनलाई पुनः थुनामा पठाएको थियो।

लामिछानेले थुनामुक्तिका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र दफा ७३ बमोजिम पुनरावेदन पनि दिएका थिए। तर सर्वोच्चले उच्च अदालतको आदेश सदर गरेपछि थुनामुक्तिको बाटो बन्द भएको मानिएको थियो।

उनका कानुन व्यवसायीको स्वास्थ्य समस्याले गर्दा पेसी स्थगित भए पनि अब छिट्टै नयाँ पेसी तोकिने तयारी भइरहेको स्रेस्तेदार ज्ञवालीले बताएका छन्।

यससँगै, लामिछानेविरुद्ध काठमाडौं, चितवन, पोखरा र कास्कीमा पनि सहकारी ठगीसम्बन्धी फरक मुद्दाहरू विचाराधीन छन्। ती जिल्लाहरूमा उनी १ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर थुनाबाहिर रहेर मुद्दा लडिरहेका छन्।

विसं २०७५ भदौ १ बाट लागू भएको फौजदारी कार्यविधि संहिताको दफा ६८ अनुसार, गम्भीर प्रकृतिका कसुर बाहेकका अभियुक्तलाई धरौटी वा ग्यारेन्टीमा तारेखमा छोड्न सकिन्छ। साथै, दफा ७१ अनुसार अभियोग प्रमाणित नहुने अवस्था देखिएमा थुनामुक्त गर्ने व्यवस्था पनि छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार