शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता
काठमाडौं, साउन २१ :

गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामिरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन् । गृह मन्त्रालयमा बुधबार गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेकी हुन् ।

भेटमा गृहमन्त्री लेखकले नेपाल-श्रीलंकाबीच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । साथै आगामी दिनमा नेपाल-श्रीलंकाबीचको दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा पनि जोड दिए ।

यस्तै कार्यवाहक राजूदतले पनि नेपाल-श्रीलंकाबीचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरिन् । श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैं रहने बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार