शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

असोज १२ मा निर्वाचन, मतदाता सूची निर्वाचन समितिलाई बुझाइयो

· शुक्रबार, २९ भदौ, २०८१ मा प्रकाशित
असोज १२ मा निर्वाचन, मतदाता सूची निर्वाचन समितिलाई बुझाइयो
काठमाडौँ, भदौ २९ :

नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ ।

आज महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत यही असोज १२ गते शनिवार महासंघको निर्वाचन हुने जानकारी दिनुभएको हो । 

यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोकेपनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि निर्वाचन अनिश्चित भएको थियो । 

पोखरेलको राजीनामापछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टले विज्ञप्तिमा पनि स्वीकार्नुभएको छ ।  

परिस्थिति असहज हुँदा हुँदै कसरी निर्वाचन होला भन्ने चाहिँ आम पत्रकारको जिज्ञासा पाइन्छ । 

महासंघले मतदाता सूची निर्वाचन समितिलाई आज बुझाएको पनि कार्यबाहक अध्यक्ष विष्टले विज्ञप्तिमा लेख्नुभएको छ। 

भदौ २९ गते शनिवार मतदाता सूची र भोलि नै निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक उहाँले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार