शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

एन्फा यू-१६ : मनाङ र भगवती क्लबको जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
एन्फा यू-१६ : मनाङ र भगवती क्लबको जित
काठमाडौं, साउन ७ :

मनाङ मर्स्याङ्दी र भगवती क्लबले एन्फा यू-१६ युथ लिगमा बुधबार जित निकालेका छन् ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि २–० को जित निकाल्यो । मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे । यो जितसँगै सात खेलबाट १४ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ । 

पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ । पहिलो हाफमा गोल निस्किन सकेन । तर, दोस्रो हाफमा दुई गोल भए । प्रकाशले ४९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । आर्मीको डिफेन्स लाइनको गल्तीको फाइदा उठाउँदै मनाङले अग्रता लिएको हो ।

रोहन थापामगरको पासमा प्रकाशले वान टचमार्फत गोल गरेका हुन् । त्यसको पाँच मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए । मध्य भागबाट कप्तान सौगात मल्लले दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल सकेन र मनाङले सहज जित निकाल्यो । दिनको दोस्रो खेलमा श्री भगवती क्लवले पनि फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जित प्राप्त गर्यो । आर्यन भण्डारीको एक मात्र गोल निर्णायक बनेपछि श्री भगवतीले तीन अङ्क प्राप्त गर्यो ।

जितसँगै आठ खेलमा ९ अंक जोडेको श्री भगवती नवौं स्थानमा छ । फ्रेन्ड्सले समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ । एन्फा कम्प्लेक्स मैदानमा  भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफमा गोल निस्कियो । आर्यन भण्डारीले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए । करिब ३० यार्ड टाढाबाट उनले गरेको उत्कृष्ट ओभर हेड प्रहार फ्रेन्ड्सका गोलकिपर अङ्कित बुढामगरले भेट्टाउनै सकेनन् । त्यसपछि दुवै तर्फबाट गोल भएन र श्री भगवतीले माथिल्लो टोली फ्रेन्ड्समाथि संघर्षपूर्ण जित निकाल्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार